मेयर,प्रशासकीय अधिकृत,लेखा अधिकृतसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । बाख्रा पालनको अनुदानमा अनियमितता गरेको आरोपसहित अख्तियारले बोदेबसाइनका मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत, वडाध्यक्षसहित ८ जनाविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
Advertisement 1
अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेकाहरुमा सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह, निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, अर्जुनप्रसाद यादव र वडाध्यक्ष रामानन्द चौधरीसहित ८ जना रहेका छन् । उनीहरुविरुद्ध १४ लाख ७१ हजार ९२१ बिगो माग दाबी गर्दै विशेषमा आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ ।
गत ०७७ ७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै सञ्चालन नगरी सार्वजनिक खरिद ऐन, नियमविपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी दिएको देखिँएको हुँदा घनश्याम यादव र सरोजकुमार मण्डलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसार १४ हजार ७१ हजर ९२१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर गर्न भनिएको छ ।
Advertisement 2
मेयर घनश्याम यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरेको र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।’
अख्तियारले आरोप पत्र दायर गरेकाहरुमा पशु विकास अधिकृत अर्जुनप्रसाद यादव,बोदेबसाइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह, वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत ,माँ जगदम्बा कृषक समूहले सम्झौता गरी कार्यादेशसमेत लिएको निजहरू आतेशकुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगत लगायत रहेका छन् ।