दुई मन्त्रालय सचिवबिहिन,कहिले हुन्छ पदपूर्ति ?
सरकारका दुई महत्वपूर्ण मन्त्रालय सचिवबिहिन बनेका छन् । शहरी विकास मन्त्रालयबाट सेवा हद लागेर रमेश सिंह र वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल घर फर्किएसँगै दुई प्रावधिक सचिव पद रिक्त छ ।
Advertisement 1
सिंह गत मंसिर ५ मा पाँच् बर्ष सेवा हद लागेर घर फर्किएसँगै अहिले सह सचिव पदम मैनालीले निमित्त सचिवको जिम्मेवारी बहन गरिरहेका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका सचिवका रुपमा कार्यरत पेमनारायण कँडेल गत १२ गतेबाट घर फर्किएका छन् । अहिले यी दुबै मन्त्रालय निमित्त सचिवको भरमा चलिरहेका छन् । प्राविधिकतर्फको सचिव पद रिक्त भएको दुई हप्ता बित्न लाग्दा पनि बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन ।
जारी निर्वाचन आचारसंहिता र लोकसेवा आयोगका अध्यक्ष विदेश भ्रमणमा रहेका कारण सचिव बढुवा सिफारिस प्रभावित बन्न पुगेको छ ।
Advertisement 2
प्रकाशित :२०७९ मंसिर १७, शनिबार ०७:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%