पहाड र उपत्यकामा अब्बल हुमकला कसरी हाँक्दैछिन् सुनसरी प्रशासन ?

पाँच दशको इतिहासमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ, जिल्ला प्रशासन कार्यालय सुनसरीले ।
Advertisement 1
प्रध्यापन पेशाबाट मोडिएर निजामती सेवातिर सिफ्ट भएकी हुन हुमकला । निजामती क्षेत्रमै कार्यरत सहसचिव (श्रीमान) यामलाल भुषालको प्रेरणाले उनको पाइला शिक्षण पेशाबाट निजामतीतिर यूटर्न भयो । प्रध्यापक बन्ने हुटहुटी बोकेर अर्घाखाँचीबाट काठमाडौं खाल्डो भित्रिएकी थिइन हुमकला । समयले उनलाई एउटा कलेजको प्रध्यापक,लेक्चररमा सीमित राखेन । उनी सिङ्गो जिल्लाको अभिभावक,निजामती क्षेत्रकै लागि आइडल बन्न पुगेकी छिन् ।
नेपाली भाषाविज्ञान र शिक्षा दुई विषयमा एकैसाथ स्नातकोत्तर गर्दै स्नातकोत्तर गर्दै थिइन । हुमकलाले भाषा विज्ञानमा क्याम्पममै सर्वोत्कृष्ट अंक ल्याइन् । सर्वोत्कृष्ट अंक ल्याएपछि हुमकलाको करिअरमा अर्को इँटा थपियो । त्रिचन्द्र क्याम्पसमा उनले अध्यापन गर्ने मौका पाइन् । त्यो सफलताले हुमकलालाई शिक्षकबाट ‘लेक्चचर’ बनाएको थियो । तर, समयले उनको सपनालाई एउटा विद्यालय वा क्याम्पसको सीमित घेरामा खुम्चिन दिएन । शिक्षण पेशाबाट यूटर्न भएर निजामती सेवामा लागिन ।
Advertisement 2
सेक्सन अफिसरबाट निजामती सेवामा पाइला राखेकी हुमकलाले निजामतीमै १७ बर्ष यात्रा पार गरिसकेकी छिन् । पहिलो पोष्टिङ प्रधानमन्त्री कार्यालय,शहरी विकास,अर्थ हुँदै महिला मन्त्रालय, अख्तियार लगायत विभिन्न महत्वपूर्ण क्षेत्रमा कार्यरत हुमकलाको जागरे यात्रा उत्तिकै रोचक छ । शहरीमै हुँदा दक्षिण कोरियाबाट कृषिमा स्नातकोत्तर पार लगाएर स्वदेश फर्किइन र ०६८ सालमा उपसचिव,०७५ सालमा सहसचिवमा नाम निकालेकी हुन । सहसचिवमा पदोन्नति भएसँगै काठमाडौं उपत्याकाभित्रको भक्तपुर जिल्ला,काभ्रेपलाञ्चोक जिल्ला कमाण्ड गरिसकेकी उनी माघ १६ गतेदेखि सुनसरी जिल्ला कमाण्ड गर्दैछिन् । शान्तिसुरक्षाको दृष्ट्रिकोणले अन्य जिल्लाका तुलनामा सुनसरी जिल्ला चुनौतिपूर्ण मानिन्छ यो जिल्लालाई । सीमामा हुने अपराधका कारण तराइका जिल्लालाई चुनौतिपूर्ण जिल्लाका रुपमा हेरिएपनि सहजै व्यवस्थापन गर्ने दृढता छ,उनको ।
यो अवधिमा विचौलिया र दलालहरुको विगबिगीबाट न्युनीकरण गर्दै जनतालाई सास्तीबाट उन्मुक्ति दिलाएकी छिन् । सर्वसाधारणले कस्तो सेवा पाई रहेका छन् त्यसको सूक्ष्म निगरानी राख्ने प्रजिअ पाण्डे आफैं फाँटहरुमा पुगेर निरीक्षण गर्नुका अलवा सर्वसाधारणका गुनासा यस्का अलवा बढी मूल्य लिने,म्याद गुज्रेका सामान जफत गर्ने काम तिव्र रुपमा गरिरहेकी छिन् । सुन्न अग्रसर रहँदै आएकी छिन् ।
सुधारका यत्नहरु
राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि निःशुल्क फाराम कार्यालय भित्रैबाट भर्ने कार्यको शुरुवात भएको छ । कार्यालय परिसरमा वृक्षारोपण गरी मनमोहक बनाइएको छ । विकासका आयोजनाहरुको नियमित अनुगमन र मूल्याङ्कन गर्नुका अलवा स्तनपान कक्ष व्यवस्थापन, महिला, दलित, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तका लागि नागरिक सहायता कक्ष,कार्यलयको प्रत्येक फाँटहरुमा टेलिफोन जडान गरिएको छ । समग्र जिल्लाको बस्तुस्थिति झल्कने नक्सा बैठक कक्षमा राखिएको, जिल्लाभित्रका धार्मिक,सांस्कृतिक, भौगोलिक, सामाजिक एवं प्राकृतिक विविध समेटी प्रोफाइल बनाइएको । खानेपानी आयोजनाको सहयोगमा सेवाग्राहीहरुलाई शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । वाणिज्य बैंकको एक्स्टेन्सन काउन्टरको स्थापना गरी सबै काम बैंकिङ प्रणालीबाट शुरुवात भएको छ । कार्यालय सुरक्षाको लागि ८ थान सिसिक्यामरा तथा टेलिभिजन सेट जडान गरी सम्पूर्ण कामकारवाही र परिसरको अनुगमन शुरुवात भएको छ । कार्यालय परिसरभित्र हुलाक टिकट बिक्री काउण्टरको व्यवस्था मिलाइएको र अंकित मूल्यमा बिक्री वितरणको व्यवस्थापन गरिएको । विचौलिया अवाञ्छित प्रवेश निषेध गरिएको । विचौलियामाथि कारवाही अभियान सञ्चालन गरिएको ।
यस्का अलवा पृथ्वी कोल्ड सेन्टरले म्याद गुज्रिएको पेय पर्दाथको विक्री वितरण अनुमगनको क्रममा भेटिए पछि १३ हजार ८० रुपैंया बराबरको पेय पदार्थहरु नष्ट गर्ने काम भएको छ । हिमालय ट्रेडर्स, साहरा ट्रेडर्स,युनाइटेड एसियन ट्रेडर्स, रिजन कोल्ड स्टोर र सन्देश सप्लायर्सहरुले म्याद गुज्रेको सामान विक्री वितरण गरेको भेटिए पछि त्यस्ता सामान नष्ट गर्नै काम भएको छ ।
यस्का अलवा सर्वसाधरण र सेवाग्राही ठग्ने लेखापढी व्यवसायी धमाधम पक्राउ गर्दै सर्वसाधारणबाट असुली रकम फिर्ता दिलाउने काम भएको छ । पासपोर्ट बनाउन आउने सेवाग्राहीले ११ हजारदेखि ४० हजार सम्म असुली गरिएको भेटिएको थियो ।
Advertisement 3
काभ्रेपलाञ्चोक र भक्तपुर जिल्ला प्रशासन हाँक्दा कार्यसम्पादनमा अब्बल दह्रिएकी हुमकलाले सुनसरी जिल्लाको कमाण्ड गर्न थालेको ६ महिना व्यतित भइसकेको छ । हुने विरुवाको चिल्लो पात भनेझैं उनले यो ६ महिनाको अवधिमा विचौलियाको राज अन्त्य गर्नेदेखि सेवाग्राहीका गुनासा सुन्न आफैं अग्रसर हुँदै आएकी छिन् । यस्का अलवा बढी मूल्य लिने,म्याद गुज्रेका सामान जफत गर्ने काम तिव्र रुपमा गरिरहेकी छिन् ।