वन तथा वातावरण सचिवमा डा पेमनारायण कँडेल

वन सचिव विश्वनाथ ओलीले सेवा हदका कारण अवकाश पाएसँगै रिक्त रहेको वन सचिवमा डा पेमनारायण कँडेललाई खटाइएको छ ।
सचिव ओली सेवा अवधि पूरा गरी मंगलबार घर फर्किए । ०४६ सालमा जेठमा निजामती सेवामा प्रवेश गरेका उनी ०७० वैशाखमा वन विभागको महानिर्देशक हुँदै ०७३ वैशाखमा सचिव बनेका कान्छा सचिव हुन् ।
उमेर हदका आधारमा जागिर खान अझैं ८ बर्ष दिन्थ्यो तर सेवा हद (५ बर्षे) पूरा भएसँगै मंगलबारै घर फर्किएका हुन् ।
स्रोतका अनुसार ओली रातोघर (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)बाट सावित्री गुरु बाहिरिएसँगै प्राविधिक आयुक्त बन्ने खेलोमा छन् । त्यो खेलो सफल नभए लोकसेवा आयोगको प्रमुख आयुक्त बन्ने प्रवल सम्भवना छ । उनी ओली वंशावली समाजको महासचिव समेत हुन् ।
उनी बाहिरिएसँगै वन मन्त्रालयको सचिवको जिम्मेवारी डाक्टर पेमनारायण कँडेललाई दिइएको छ ।
कँडेल यस अघि कृषि तथा पशुपक्षीं मन्त्रालयको सचिव थिए । गत सोमबारको मन्त्रिरिषद्को बैठकले उनलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको हो ।

Advertisement 1

कँडेल सचिव बढुवा हुनु अघि राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य सचिव,वन्यजन्तु संरक्षण विभागका महानिर्देशक भएर लामो समय काम गरिसकेका छन् ।

प्रकाशित :२०७८ बैशाख ८, बुधबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry