गृहले माग्यो १०० जना कर्मचारी,प्लस टु गरेकाले आवेदन दिन सक्ने

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पदका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। योग्यता पुगेका आवेदकहरुले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् र आवेदन दिन पैसा लाग्दैन।

Advertisement 1

काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित :२०७७ कार्तिक १३, बिहीबार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम