सशस्त्र प्रहरीका एसपी थपलियाको निधन
सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।
Advertisement 1
१३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिवार निधन भएको हो । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।
साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।
Advertisement 2
लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।
प्रकाशित :२०८० भाद्र २, शनिबार १५:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%