टंगालमै डाकेर सार्वजनिक निकायका ८३ पदाधिकारीलाई अख्तियारले गरायो सचेत

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ८० भन्दा बढी सार्वजनिक पदाधिकारीहरुलाई टंगालमा बोलाएर सचेत गराएको छ । यस अघि सचिवहरुलाई बोलाएर निर्देशनसहित सचेत गराएको अख्तियारले यस पटक विभिन्न तीन दर्जन बढी नियामक निकाय तथा ४७ वटा सार्वजनिक संस्थानका पदाधिकारीलाई टंगालमा बोलाएर अनियमित कार्यमा नलाग्न र जिम्मेवारीअनुसार काम गर्न सचेत गराएको छ ।

Advertisement 1

आयोगले मुख्य सचिव डा बैकुण्ठ अर्याललाई अगाडि राखेर आयोगका पदाधिकारी र सार्वजनिक संस्थानका पदाधिकारीहरुलाई सजक र सर्तक पारेको हो ।
आयोगले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरुलाई यसरी सजक पारेको हो ।

नियामक निकाय आफैंले नियमनको नाउमा पैसा असुल्ने गरेको र सार्वजनिक संस्थानमा पनि व्यापक रूपमा भ्रष्टाचार भइरहेका गुनासाहरू आएपछि अख्तियारले नियामक निकाय र सार्वजनिक संस्थानका पदाधिकारीसँग आयोगमा नै छलफल गरी सच्चिएर अघि बढ्न निर्देशन दिएको हो ।

Advertisement 2

विशेषगरी राजस्व अनुसन्धान विभाग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग, वाणिज्य विभाग, सहकारी विभाग र नापतौल तथा गुणस्तर विभागप्रति अख्तियारले असन्तुष्टि व्यक्त गरेको थियो ।

आयोगले ती पदाधिकारीहरुलाई सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने, कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावहरूको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने, संस्थानहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी उत्पादकत्व बृद्धि गर्नेतर्फ लाग्नुपर्ने, विषयगत मन्त्रालयहरूले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने तथा सार्वजनिक निकायहरूले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्द्धन गर्ने कार्य गर्नुपर्ने लगायतका विषयमा आवश्यक सुझाव तथा निर्देशन दिएको बताइएको छ ।

प्रकाशित :२०८० मंसिर १०, आईतवार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry