कर्मचारीले किन बाँधे कालोपट्टी ?

राष्ट्रिय खेलकुद परिषद् (केन्द्र)का कर्मचारीहरुले कालो पट्टी बोधेर सांकेतिक विरोध जनाएका छन् । राखेपका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत कर्मचारीहरुले बढुवाको प्रकृया निष्कर्षमा पु¥याउन माग राख्दै कालो पट्टी बोधेर शुक्रदेखि विरोध गरेका हुन्।

Advertisement 1

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको छ । संघर्ष कार्यक्रमको दोश्रो दिन आइतबार हातमा कालो पट्टी बाँधी सांकेतिक रुपमा विरोध कार्यक्रम सम्पन्न भएको संघका महासचिव कुमार बस्नेतले बताए ।

पहिलो दिन त्रिपुरेश्वरस्थित राखेप हातामा केन्द्र र उपत्यका कर्मचारीहरु भेला भइ कोणसभा गरिएको थियो । तेश्रो र चौथो दिन क्रमशः सोमबार र मंगलबार पनि आइतबारकै कार्यक्रमले निरन्तरता पाउने महासचिव बस्नेतले बताए । बुधबार, बिहीबार र शुक्रबार केन्द्रलगायत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी पेन डाउन गरिने कार्यक्रम रहेको उनले बताए । अध्यक्ष भण्डारीका अनुसार २७ वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध रहेको र अहिले ३ सय ८५ जनाको बढुवाका लागि स्वीकृत दरखास्त फारम भरेर बुझाइसकिएको छ ।

Advertisement 2

https://ekarmachari.com/archives/38413

प्रकाशित :२०८० श्रावण २९, सोमबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry