नेपाल बैंकले माग्यो २०० नयाँ कर्मचारी

नेपाल बैंकले झण्डै २ सय बढी कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकका विभिन्न पदमा गरि झन्डै २ सय नयाँ कर्मचारी माग गरेको छ ।
Advertisement 1
लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।
सूचना अनुसार सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक,आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेश अन्तर्गत सहायक गरी एक सय ९२ पदमा नयाँ कर्मचारी माग गरेको हो। योग्य र इच्छुक कर्मचारीहरुले आगामी १२ चैतसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
Advertisement 2
सूचना अनुसार, सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ भने तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ।
फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।
Advertisement 3
