त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा हुने भएका छन् । बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त कुराको जानकारी गराएको छ ।
Advertisement 1
परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने हरेक परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ । सीसीटीभी नराखेको खण्डमा त्यस्तो परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएको छ । सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयको भनाइ छ । नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।