रसुवामा एमालेले टुंग्यायो उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रसुवाले आफ्ना उम्मेदवारहरु टुंग्याएको छ। पाँच वटै स्थानीय तहका उम्मेदवार सर्वसम्मत रुपमा टुंग्याएको रसुवाका सचिव जर्नादन ढकालले जानकारी दिए ।

Advertisement 1

उनका अनुसार उत्तरगया गाउँपालिका अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ । यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा रहेको नेता ढकालले जनाए ।

प्रकाशित :२०७९ बैशाख १०, शनिबार ०६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry