तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न व्यवस्थापन समितिको आग्रह

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीको नामावली सार्वजनिक गरेको छ।

Advertisement 1

समितिले उपलब्ध ऋण अभिलेखका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। सार्वजनिक गरिएको विवरणमा साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बाँकी रकम चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको अवधिमा सम्पर्क नगरे वा ऋण चुक्ता नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

Advertisement 2

समितिका अनुसार समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको रकम फिर्ता गराउने, ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।

ऋणीहरूको नामावली:

तुलसी स ऋणीहरु_merged_fdaupde
प्रकाशित :२०८३ असार २३, मंगलवार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry