आज स्वास्थ्य क्षेत्रको ऐतिहासिक दिन :- एकै पटक ४०३ अस्पतालको शिलन्यास
सरकारले आज एकै दिन देशैभरका ४०३ वटा अस्पतालको शिलान्यास गर्ने तयारी गर्दैछ। अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ शैंयाको अस्पताल बनाउनका लागि थालेको हो । जसअनुसार आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यासको हुँदैछ ।अहिलेसम्म सरूवा रोगसम्बन्धी एकमात्र अस्पताल रहेको छ । योसँगै अब ८ वटा सरूवा रोग अस्पताल हुनेछ । यसरी मन्त्रालयले एकै पटक ४०३ वटा अस्पतालको शिलन्यास गर्दैछ ।
Advertisement 1
मन्त्रालयको अनुसार आज एकै दिन ३९६ स्थानीय तह र सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास समेत हुँदैछ ।जस अनुसार,प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।
आज पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्दैछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन्।
Advertisement 2
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ ।
यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
Advertisement 3
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइने जनाइएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।