निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाईः मन्त्री ठगुन्ना
संघीय सरकारले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ ।
Advertisement 1
“१५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन पनि गर्न सक्छन् । कुनैले सातदिन पनि गर्न सक्ने भए । १५ दिन अधिकतम सीमा हो । १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने जिल्लालाई अधिकार दिइएको हो,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भने ।
प्रकाशित :२०७८ बैशाख १४, मंगलवार ०९:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%