सुन तस्करी प्रकरण :- छोरा पक्राउ,बाबु फरार

एक सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धानको घेरामा तानिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।

Advertisement 1

मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र राखेर यसपटक ल्याइएको सुनको मालिक नै राकेश अडुकिया हुनसक्ने राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुमानबाट देखिएको थियो । सुन तस्करी प्रकरण बाहिरिनु पूर्व उनी २५ पटक सम्म हङकङ र नयाँ दिल्ली आउजाउ गरिएको भेटिएको थियो ।

उनी नेपालमा जन्मेका भए पनि भारतीय नागरिकता र राहदानी वाहक हुन् । उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको भटिएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताउँछन् । सुन तस्करी प्रकरणमा जोडिएको हुनसक्ने भन्दै अनुसन्धानको सुँइ व्यापारी अडुकियातर्फ सोझिए पछि राजश्वको टोलीले अघिल्लो साता कमलपोखरीस्थित उनको घरमा छापा मारेको थियो । तर अडुकियाको बाबु छोरा घर छाडेर भागिसकेका थिए ।

Advertisement 2

यो प्रकरण उत्कर्षमा पुगेपछि व्यापारी अडुकिया नेपाल छाडेर भागेका बताइए पनि उनी नेपालभित्रै लुकेर बसेको हुनसक्ने आंशका गर्नेहरु प्रशष्त छन् । आज दिल्ली हुँदै नेपाल फर्कदै गर्दा राकेशका छोरालाई भने विमानस्थलबाट पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कुनै समय गोर्खा बैंक डुबाउने मुख्य व्यक्तिका रुपमा रहेका अडुकिया उद्योगी राजेन्द्र खेतानको बहिनी ज्वाई भएको बताइन्छ । शेयर कारोवारमा तन्नम भएर डुबेपछि अकुडिया सुन तस्करीतिर सिफ्ट भएको हुनसक्ने राजश्व अनुसन्धान विभागका अधिकारीहरुको आँकलन छ ।यही प्रकरणमा जोडिएको आंशकामा प्रहरीले राकेशका छोरा रोहनलाई पक्राउ गरिएको हो ।

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry