गरिमा विकास बैंकलाई ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ मा सिल्भर अवार्ड

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

Advertisement 1

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व, वित्तीय खुलासा तथा संस्थागत सुशासनसम्बन्धी मापदण्डका आधारमा गरिएको मूल्याङ्कनपछि बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरेका थिए।

Advertisement 2

गरिमा विकास बैंकले पछिल्लो समय विभिन्न राष्ट्रियस्तरका सम्मानसमेत प्राप्त गर्दै आएको छ। बैंक यसअघि न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड–२०२६’ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट–२०२६’ मा विकास बैंक समूहअन्तर्गत ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट समेत सम्मानित भएको थियो।

 

प्रकाशित :२०८३ असार १८, बिहीबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry