सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु, प्रहरीको गोली लागेर १ जनाको मृत्यु

काठमाडौं। सुनसरी जिल्लाका विभिन्न ५ क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

Advertisement 1

स्थानीय २ समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको भन्दै प्रशासनले कफ्र्यु लगाउने निर्णय गरेको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा रहेका ५ बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरिएको छ।

Advertisement 2

प्रशासनले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा अवस्था सामान्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ। साथै, घटनाको थप अनुसन्धान भइरहेको प्रशासनले जानकारी दिएको छ।

प्रकाशित :२०८३ श्रावण ११, सोमबार १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry