बहालवाला सचिवलाई जब परदेशिएको नेपालीको पीडाले घोच्यो
नेपाल सरकारका बहालवाल सचिवलाई के कस्ता बिषयबस्तुले चिमोट्ला ?
Advertisement 1
प्रशासनिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल इञ्जिनियर सुरेश अचार्यलाई परदेशिएका नेपालीको पीडाले बिथोलेको छ । एउटा बयस्क युवक श्रीमती भित्र्याएर परदेश जान्छ । बुवा आमालाई बुहारीको जिम्मा लगाएर ।
तन हुन्छ परदेशमा तर मन नेपालमा । त्यही कथा बस्तुलाई समेटेर सचिव आचार्यले कलम चलाएका छन्,साहित्य श्रृजना गरेका छन् । नेपाली साहित्यको क्षेत्रमा सियारा उपनामले चर्चित उनै सुरेश आचार्यले म परदेश जाँदा बोलको गीति भिडियो सार्वजनिक गरेका छन् ।
उनका शब्दलाई चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । जसमा विपिन घिमिरेले संगीत भरेका छन् । सो भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छिन् । अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो मुकेश हुमागाईंले खिचेका हुन् । निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् ।
Advertisement 2
आचार्यले यस अगाडि तिम्रो गीति एल्बम तिम्रो प्रेरणाले,हाम्रो मौलिक शहर,गहिरो छ माया,मुलुकले आज केही खोजिरहेछ,रमाउँदै आयौं लगायतका लगायतका एल्वम बजारमा ल्याइसकेका छन् ।