काँग्रेस सांसद शर्मा पक्राउ
काँग्रेस सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेको छन् । केन्द्रीय अनुसन्धान विभागले नेपाली काँग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।
Advertisement 1
शर्मालाई सिआइबीको टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको बताइएको छ । शर्माले केही दिन अघि सदनमा सुन तस्करी प्रकरणमा अर्थ मन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए ।
शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
Advertisement 2
आफूलाई डा बताउँदै आएका शर्माको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताइएको छ । उनले बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली भएको बताइएको छ ।
शर्माले केही बर्ष अगाडि मात्रै काठमाडौं मेडिकल कलेज खरिद गरेका थिए । यस अघि विराट मेडिकल कलेज चलाउँदै आएका थिए ।मेडिकल व्यवसायी समेत रहेका शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
Advertisement 3