सिरहाबाट ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सिराहाबाट सशस्त्र प्रहरीले करिब ८० लाख मूल्य पर्ने भन्सार छलीको कपडा बरामद गरेको छ । सिरहा नगरपालिका वडा नम्बर–१८ स्थित तारापट्टिबाट करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाले जनाएको छ ।

Advertisement 1

नजिकिँदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्ने आकलन गरेर सशस्त्रले सिमानाकामा कडाइ गरेको छ । भारतबाट अवैध तरिकाले ल्याएर लुकाएर राखेको सुराकको आधारमा सशस्त्र प्रहरीको नम्बर–७ गण र बिओपी लगडिगदियाबाट खटिएको टोलीले सर्च अपरेशन चलाएको थियो । तारापट्टिस्थित ३ वटा गाई गोठमा लुकाएको अवस्थामा ७८ पोका लत्ताकपडा फेला परेको हो । कपडा ल्याउने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

Advertisement 2

पछिल्लो समय नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहाले बिशेष योजना बनाई अवैध चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा केन्द्रित भई कारवाही संचालन गर्दा सिरहा जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा नियन्त्रणमा लिन सफल भएको हो । बिगत २ ४ दिन देखि सिरहा जिल्लामा राजस्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं ७ गण सिरहाको संयुक्त परिचालनमा १३ गते ४० लाख बराबरको कपडा र १५ गते २५ लाख बराबरको कपडा बरामद गर्न सफल भएको थियो।

Advertisement 3

बरामद लत्ताकपडा सशस्त्रले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

 

 

 

प्रकाशित :२०८० आश्विन १६, मंगलवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry