के त्यस्तो ‘कला’ छ, वीरेन्द्रसँग,जो अरु कर्मचारीमा छैन ?

ललितपुर महानगरपालिकामा २७ महिना बिताएका गणेश अर्याल गृहमा सरुवा भएर गएसँगै त्यहाँ वीरेन्द्र भारती प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा पुगेका छन्। ०७७ चैत्र २५ गते ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका अर्यालले झण्डै दुई वर्ष ३ महिना ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस्तै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका विरेन्द्र देव भारतीको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । भारतीले उपसचिव हुदाँ ललितपुरकै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपँमा काम गरिसकेका छन ।
Advertisement 1
भारती लगातार १५ वर्षभन्दा बढी समय देखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनी अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका हुन त्यहाँबाट पालुङटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका उनी नेपालगञ्जमा पुगे त्यहाँबाट पोखरा महानगरपालिकामा केही महिना काम गरेका उनी अहिले ललितपुर महानगरपालिका आइपुगेका हुन ।
दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । ५५ सालमा कृषि विकास बैंकका जागिरे भारतीले निजामती सेवामा पाइला राखेको चाहिँ ५६ सालबाट । १० बर्ष पछि उपसचिवमा उक्लिएका उनी सदैव अतिरिक्त आम्दानी हुने मालदार कार्यालयमा प्रमुख हुँदै आएका छन् ।
यता उनी प्रमुख भएर गएको ललितपुर महानगरपालिकाको विकास बजेट खर्च निराशाजनक देखिएको छ । महानगरपालिकाले जम्मा ४१ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । महानगरको चालु खर्च भने बढेको देखिन्छ । महानगरपालिकामा पूर्व प्रमुख प्रशासकीय अधिकृत अर्यालझैं टिक्लान त भारती ? चासोका साथ हेर्न थालिएको छ ।