१४ उपसचिवको सरुवा,१० लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभन्दा बढी काठमाडौं उपत्यकामा रहेका कर्मचारीलाई बाहिर पठाउन थालेको छ । सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई गरेको सिफारिस अनुसार १४ उपसचिव र ८ जना शाखा अधिकृतलाई काठमाडौ उपत्याका बाहिर पठाइएको छ ।

Advertisement 1

सामान्य प्रशासनले तीन बर्षभन्दा बढी समयदेखि काठमाडौंमा रहेका १० उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा खटाएको छ । यस्तै ४ जना उपसचिवमध्ये २ लाई अन्तरमन्त्रालय र बाँकी २ जना स्थानीय तहबाट संघीय मामिला तथा सामान्य प्रशासनमा अतिरिक्त समूहमा तानेको छ ।

शक्ति र पहुँचका आधारमा लामो समयदेखि सिंहदरबार र काठमाडौं उपत्यकामा रहँदै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरुवा भएर स्थानीय तहमा खटाइएका उपसचिवहरुमा श्रम मन्त्रालयका दीपक ढकाल बौधीमाई नगरपालिका,रौतहटमा पठाइएको छ भने योजना आयोगका शिवरञ्जन पौडेल मिर्चैया नगरपालिका,सिरहामा पुगेका छन् । यस्तै गृहका चोमेन्द्र न्यौपाने मेलौली नगरपालिका,वैतडीमा पुगेका छन् । स्वास्थ्यका सानुवावु अधिकारी शारदा नगरपालिका सल्यानमा पठाइँदा उद्योगका श्रीधर गौतम शिखर नगरपालिका डोटीमा खटाइएको । श्रमका कृष्णप्रसाद खनाल बृन्दावन नगरपालिका,रौतहट,श्रमकै खगेन्द्र सुवेदीलाई पाख्रीबास नगरपालिका, जिसस भोजपुरमा कार्यरत भोला चापगाई वनेपा नगरपालिकामा खटाइएको छ ।
्यस्तै,वनेपा नगरपालिकामा कार्यरत शिव हुमागाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका छन् । त्रिलोचन रिमाललाई फुङलिङ नगरपालिकाबाट अर्जुनधारामा सारिएको छ । अर्जुनधारामा कार्यरत गीता कुमारी राई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिँदा भौतिकका सोमराज वराल गौडेता नगरपालिकामा पुगेका छन् ।
यस्तै अन्तरमन्त्रालय सरुवा भएका उपसचिवहरुमा लक्ष्यमण ढकाल गृहबाट श्रममा लगिएको छ । रेशमलाल कँडेललाई सामान्य प्रशासनबाट उद्योगमा सारिएको छ ।

प्रकाशित :२०८० श्रावण १६, मंगलवार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry