ठाउँ ठाउँका कर्मचारीलाई तलव खुवाउने २१ जनाको अदलिबदली

महालेखा नियन्त्रक कार्यालयले लेखाका २१ उपसचिवहरुको सरुवा गरेको छ । महालेखाले आइतबार लेखाका २१ उपसचिवहरुको काज सरुवा गरेको हो । जसमा विभिन्न कार्यालयदेखि ठूला र आकर्षक मानिएका आयोजनाका लेखा प्रमुखहरूको अदली बदली भएको छ ।

Advertisement 1

सरुवाको सूची अनुसार,भिम प्रसाद रेग्मीको खानेपानी तथा ढल व्यवस्थापन विभाग, नवराज घिमिरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय, केशव राज सुवेदीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रमेश अर्यालको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्की,त्यस्तै मूक्ति नाथ न्यौपानेको स्वास्थ्य बिमा बोर्ड काठमाण्डौ, भिमार्जुन ज्ञवालीको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना व्यवस्थापन इकाई काठमाण्डौ, पुष्प गुरागाईको विद्युत विकास विभाग काठमाण्डौ, जागुराम चौधरीको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाण्डौ, रमेश पौडेलको वन तथा भू संरक्षण विभाग काठमाण्डौ, कमल सापकोटाको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोक, शरण हरि लूइटेलको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोक, अशोक कुमार गिरीको कोष तथा लेखा नियन्त्रक कार्यालय सिराहा, छविन्द्र बेलबासेको कोष तथा लेखा नियन्त्रक कार्यालय, अर्घाखांचीमा सरुवा भएको छ ।

मञ्जुकुमारी जैसी ढकाललाई कोषको रुपन्देही कार्यालय सरुवा गरिएको छ, भवराज जोशीलाई कोषको लमजुङ कार्यालय पठाइएको छ । यस्तै, महालेखा नियन्त्रक कार्यालयका दिनेश रेग्मी मकवानपुरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सरुवा हुँदा कोषको सर्लाही कार्यालयका निर्मल न्यौपाने सुनसरीस्थित सोही कार्यालय पुगेका छन् । रौतहटस्थित कार्यालयमा कार्यरत राजनकुमार फुयाललाई सुनसरी मोरङ सिँचाई आयोजना, मोरङ पठाइएको छ । कोषको सल्यान कार्यालयका रुक्मागत अर्याल कपिलवस्तु लगिएका छन् । यसैगरी, कोषको ओखलढुंगा र बैतडी कार्यालयका भुपेन्द्रबहादुर मल्ल र मदन मगराती क्रमशस् रामेछाप र सुर्खेतस्थित सोही कार्यालयमा सरुवा भएका छन् ।

प्रकाशित :२०८० माघ २९, सोमबार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry