करारका कार्यालय सहयोगीलाई पाँचौ तहमा स्तरबृद्धि,कहाँ चिप्लिए प्रमुख प्रशासकीय अधिकृत ?
झापाको हल्दीबारी गाउँपालिकाले करारका कार्यालय सहयोगीको स्तरवृद्धि गरेर पाँचौ तहमा नियुक्ति दिने निर्णय गरेको भेटिएको छ । गाउँपालिकाको सभाबाट अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको सचिवालयमा कार्यरत कार्यालय सहयोगीलाई पाँचौ तहमा स्तरवृद्धि गर्ने निर्णय गरेको हो ।
Advertisement 1
अध्यक्षको सचिवालयमा ०७४।०९।१९ गतेबाट कार्यरत अनिल कुमार राजवंशीले सचिवालय सहयोगी भई कार्यरत रहँदै आएकोमा उनको करार अवधि पुन नवीकरण गरि ७६र भदौ र०१ गते देखि कार्यालय सहयोगीको पदमा पुन नियुक्त पाएका थिए । उनै राजवशीलाई गाउँपालिकाको कम्प्युटर अपरेटर (सहायक पाँचौ) पदमा स्तरवृद्धि गरी काम गराउने निर्णय पालिकाको सभाबाट पारित भएको हो ।
इकर्मचारी डटकमलाई प्राप्त पालिका सभाको पत्र अनुसार,पालिकालाई कम्प्युटर सम्बन्धि विभिन्न कार्य सम्पादन समेत गरिरहेकोले गाउँपालिकाको कार्यालयमा कम्प्युटर सम्बन्धि १ जना जनशक्ति आवश्यक रहेको र करारका कार्यालय सहयोगी अनिल कुमार राजवंशीको शैक्षिक योग्यता, कम्प्युटर सम्बन्धि अनुभव र कम्प्युटर सम्बन्धि तालिम लगायत अन्य शैक्षिक कागजातको आधारमा करार सेवामा रहने गरी कम्प्युटर अपरेटर (सहायक पाँचौ) पदमा कामकाज गराउदाँ थप जनशक्तिलाई दिइने तलब भत्ताको व्ययभार समेत बढ़ि नपर्ने देखिएको हुँदा निज अनिल कुमार राजवंशीलाई कम्प्युटर अपरेटर पदको करार सेवामा मिति २०८० श्रावण १ गतेबाट कामकाज गर्ने गरी नियुक्ति गर्ने निर्णय अनुमोदन गर्ने निर्णय गरिएको छ ।
यसलाई भने पालिकाको बुद्धि र ढंग नपुर्याइएको भन्दैछन्,कर्मचारीहरु चाहिँ । कार्यपालिकाको रिक्त रहेको पदमा विज्ञापन नै गरेर खुला प्रतिष्प्रर्धाबाट नियुक्ति गर्न सक्ने बाटो हुँदाहुँदै ढंग नपुर्याइ नियुक्ति गर्न खोजिए पछि चर्काे आलोचना खेप्दैछ,हल्लीबारी गाउँपालिका ।
कोही क्षमता छ भने कार्यलय सहयोगी हाकिम पनि बन्न सक्छ । सम्बन्धित विषयमा क्षमता भएमा उसलाई कसैलाई रोक्न सक्दैन तर सूचना सहित खुला प्रतियोगिताबाट छानिएर ल्याउनु पर्नेमा चोरबाटोबाट राजनीतिक आडमा विना कुनै प्रक्रिया र परीक्षा,विना प्रतिष्प्रर्धा पाँचौ तहमा उकालिएपछि अर्काे आलोचना शुरु भएको हो ।
सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईलाई यस बिषयमा जिज्ञासा राख्दा उनी विरामी बिदामा रहेको जानकारी पालिकाले दिएको छ । पालिकाको सूचना अधिकारी राजन न्यौपानेले भने पालिकाको सभाबाट भएको निर्णय कार्यन्वयन भइनसकेको प्रतिक्रिया दिएका छन् ।