‘पहुँच नभएका कर्मचारी विकटमा मात्र खट्नुपर्ने व्यवस्था अब अन्त्य हुन्छ’ :- मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुर्गम क्षेत्रका कर्मचारीहरु सदैव अन्याय र अत्याचारमा परेका कारण उनीहरुलाई न्याय दिलाउने गरी आफूले काम गरिरहेको बताएका छन् ।
त्यस्का लागि सरुवा प्रणाली व्यवस्थित बनाउन लागिपरेको मन्त्री मोदीले बताए । उनले दुर्गममा कार्यरत कर्मचारी पहुँच नभएकै कारणले विकटका विकट क्षेत्रमा मात्रै रहनुपर्ने विद्यमान व्यवस्था अब अब अन्त्य हुने बताए । दुर्गमका जनताले पनि सेवा पाउनुपर्छ, उनीहरुलाई सेवा प्रदान गर्नका लागि सुगम क्षेत्रमा लामो समय बसेका कर्मचारीहरुलाई खटाउँने तयारी भइरहेको मोदीले बताएका छन् ।

Advertisement 1

मन्त्री मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक तह र प्रशासनिक क्षेत्रमा प्रशष्त फोहोरमैला रहेका कारण यसलाई पनि सफा गर्नुपर्ने बताएका हुन ।

सुन काण्ड, ललिता निवास काण्डदेखि भुटानी शरणार्थीसम्मको फोहरको व्यवस्थापनका लागि सरकारले आफ्नो ढंगबाट काम गरिरहेको बताउँदै फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालयले कानुन निर्माणका काममा अन्तिम चरणमा पुर्याएकाले मौजुदा कानुनमा उचित सुझाव दिन समेत आग्रह गरे । सबैका सुझावलाई समेटिएर नै कानुन निर्माण गर्ने आफ्नो सोच रहेको उनको भनाई थियो ।

Advertisement 2

मन्त्री मोदीले फोहोरलाई मोहोर बनाउने अभियान थाल्नेतिर ध्यान दिनुपर्ने पनि बताए । “फोहोरलाई कसरी बुहउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ । फोहोरलाई उद्योगको रुपमा समेत कसरी विकास गर्ने भन्नेतिर ध्यान दिएर काम गर्न जरुी छ” उनले भने ।

मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका कामहरुमा मन्त्रालयले ध्यान दिइरहेको बताए । मन्त्रालयले संघीय निजामती सेवा ऐन, फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन, ढुंगा गिट्टी बालुवासम्बन्धी कानुन निर्माणलाई अन्तिम चरणमा पुर्याएको समेत उनले बताए ।

Advertisement 3

 

प्रकाशित :२०८० श्रावण १६, मंगलवार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry