सुदूरपश्चिममा निमित्त सचिवलाई मुख्यमन्त्रीको सचिवालय बाट ५ सय ८४ पटक कल

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहलाई कार्यविधि विपरित कर्मचारी सरुवा गर्न मुख्यमन्त्रीको सचिवालयले ५ सय ८४ पटक कल गरेको चर्चा कर्मचारी वित्तमा शुरु भएको छ ।

Advertisement 1

प्रदेस सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले मुख्यमन्त्री लाई थेग्नै नसक्ने गरी दवाव श्रृजना गरे पछि मुख्यमन्त्रीको सचिवालयले निमित्त सचिव सिंहलाई पटक पटक फोन गरेर निर्णय गर्न बाध्य पारेको श्रोतको दावी छ ।

सिंहले सरुवा भएका कर्मचारीलाई आफ्नो मोवाईलमा मुख्यमन्त्री, भौतिक मन्त्री लगाएतका कांग्रेसका नेताहरुको तारन्तार कल आएको रेर्कड देखाउने गरेका छन् । उनले भन्ने गरेका छन् की ? माथिको प्रेसर हो साथिहरु मलाई थाह छ, मैले गर्नै नहुने काम गर्न बाध्य पारिएको छ चित्त नदुखाउनु होला, राजनैतिक प्रेस कस्तो छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनुु होला ।

Advertisement 2

राष्ट्रपती, उपराष्ट्रपति को आचारसंहिताको बेला कार्यविधि विपरीत कर्मचारी सरुवाको विषयले गठबन्धनदलमै संसय पैदा गरेको छ । राजनैतिक पुर्वाग्राही राखेर भौतिक मन्त्री देउवाले गरेको कुटील चालले गठबन्धन दलहरु माओवादी, एकीकृत समाजावदी र नागरीक उन्मूक्ती पार्टी विच खटपट आउने आशंका व्यक्त हुन थालेको छ । बजेट निर्माणको चरणमा रहेको प्रदेश सरकारले मापदण्ड नाघेर गरेको कर्मचारी सरुवालाई महत्वपुर्ण रुपमा लिइएको छ । देउवा र मुख्यमन्त्री कार्यालयको दवावमा परेका निमित्त सचिव गणेश सिंह मानसिक तनावमा रहेको श्रोतको दावी छ ।

कुनै कर्मचारी कानूनी रुपमा प्रस्तुत भए आफु अफ्ठयारो पर्न सक्ने कुरा सिंहले नजिकका लाई सुनाउने गरेका छन् ।

प्रकाशित :२०७९ चैत्र ६, सोमबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry