सल्यानमा गाउँपालिकाका पशु विकास शाखा प्रमुख माथि कुटपिट

घटना हो बुधबार दिउँसो २ बजेको । सल्यानको त्रिवेणी गाउँपालिकाका र जिल्लामा वार्षिक समीक्षा कार्यक्रम प्रस्तुत गर्ने समय नजिक आउँदा पशु विकास शाखा प्रमुख वसन्त रावत तल्लीन भएर कम्प्युटरमा काम गरिरहेका थिए।

Advertisement 1

त्यतिबेला त्रिवेणी, ६ कोस पिपलका चिनजानकै साथीभाइ जनक बुढाथोकी रावतको कार्यकक्षमा प्रवेश गरे। प्रवेश गर्न साथ बुढाथोकीले शाखा प्रमुख रावतलाई ‘के काम गर्न लाछस्’ भनेर सोधे।

आफ्नै काममा व्यस्त शाखा प्रमुख रावतले सहज रूपमै बुढाथोकीलाई–‘काम गर्न लाछु दाइ’ भनेर जवाफ दिए। रावत फेरि पहिलैजस्तै कम्प्युटरतर्फ फर्किएर काममा तल्लीन हुन खोजे। तर, एकाएक शाखा प्रमुख रावतमाथि बुढाथोकीले मुक्का बर्साए।

Advertisement 2

शाखा प्रमुख रावतले भने, “आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै थिएँ, दिउँसो २ बजेतिर उ मेरो कार्यकक्षमा आएर के गर्दैछौ भाई भन्यो । मेले काम गर्दैछु दाई भनेर फर्किने बित्तिकै आक्रमण गर्यो ।” आक्रमणबाट चश्मा फुटेको भन्दै उहाँले ५,६ पटक टाउकोमा प्रहार गरेको जानकारी दिए । कर्मचारीमाथि कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।

कुटपिट गर्ने जनकमाथि विहीबार प्रहरीमा जाहेरी दिने तयारी छ । केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुखमाथि कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी विना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएको भन्दै आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषीमाथि कारवाहीका लागि प्रहरीकहाँ जाहेरी दिने तयारी गरिएको बताए ।

Advertisement 3

कुटपिट गर्ने जनक माथि प्रहरीमा रावतले ज्यान मार्ने उद्योग सम्बन्धि उजुरी दर्ता गराएको इलाका प्रहरी कर्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित :२०८० श्रावण १२, शुक्रबार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry