४ करोड २९ लाख गैरकानूनी आर्जन गरेका सहसचिव शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै

विशेष अदालतले सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आजदेखि गर्ने भएको छ ।

Advertisement 1

अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ ।

विशेष अदालतले शुक्रबार प्रकाशित गरेको साप्ताहिक पेशी सूचीमा यी तीन मुद्दा आइतबारका लागि तोकिएको उल्लेख छ । शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । विशेष अदालतले फरक विषयवस्तुका राजस्व चुहावट र गैरकानूनी सम्पत्तिआर्जनका मुद्दा समेत एकसाथ (लगाउमा) राख्नु भनी आदेश गरेको थियो ।

Advertisement 2

सहसचिव चुडामणी शर्मा विरुद्धको तेस्रो मुद्दा समेत विशेष अदालतले सुनुवाइका लागि तोकेको छ । अख्तियारले शर्मामाथि १५ माघ २०७४ मा ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो । अख्तियारले शर्मा र उनकी पत्नी कल्पना उप्रेती विरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी त्यसकै आधारमा थप सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । यो मुद्दामा कर फर्छ्यौट आयोग र आयोगबाट भएका निर्णयको सम्बन्ध भने छैन ।

प्रकाशित :२०७९ असार १९, आईतवार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry