कर्मचारीलाई सरकारबाट दुरुपयोग हुनबाट अलग रहन अपील

बिहीबार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा देउवाले प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले सरकारले संविधानको मर्म र भावना विपरीत काम गरिरहेको जनाएका छन्। उनले भनेका छन्, “वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ।”

Advertisement 1

उनले सरकारलाई दूरगगामी प्रकृतिका निर्णय नलिने खबरदारी गरेका छन्। “संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिँदै छ,” देउवाले भनेका छन्, “सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्यायहरू नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खरबदारी गर्दछु।”

सरकारको नेतृत्वले सरकारी संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउँदै त्यसबाट अलग रहन कर्मचारीलाई अपील गरेका छन्। देउवाले भनेका छन्, “सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु।”

Advertisement 2

सभापति देउवाले सरकारको ध्यान कोभिड–१९ को रोकथाम र नियन्त्रणमा हुनुपर्ने बताएका छन्। उनले निषेधाज्ञा मात्रै समाधान नभएको जनाउँदै यसको कार्यान्वयनको नाममा नागरिकलाई दुःख दिइरहेको जनाएका छन्।

 

प्रकाशित :२०७८ जेष्ठ १३, बिहीबार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry