जिप्रका,मालपोत,राहदानी कार्यालयहरु अब बिदाको दिन पनि खुल्ने

अब शनिवार तथा सार्वजनिक बिदाका दिनमा समेत जिल्ला प्रशासन कार्यालयहरु खुल्लै रहने भएका छन् । अघिल्लो सोमबार बसेको क्याविनेट बैठकले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । कस्ता बिदामा सरकारी कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको भए पनि सरकारले सेवाग्राहीको अत्याधिक भीड हुने नापी,मालपोत,जिल्ला प्रशासन कार्यालय,प्रहरी प्रशासन लगायतका कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।

Advertisement 1

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका अनुसार, कर्मचारीलाई सट्टा बिदा दिएर त्यस्ता कार्यालय सार्वजनिक बिदाका दिन पनि सञ्चालन गरिन लागिएको हो ।

मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तयार तालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकामा कर्मचारीहरुले सिफ्टमा काम गर्नेछन् । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार ०५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry