किन खिँइदै गयो निजामतीको शाख ? यस्तो छ पूर्व प्रशासकको जबाफ
पूर्व प्रशासक शारदा प्रसाद त्रितालले भ्रष्ट र बदनाम कमाएका कर्मचारीहरु नै मन्त्री वा नेताको रोजाईमा पर्ने बताएका छन् । मालदार मानिने निकायहरु भन्सार,मालपोत,यातायात,श्रम लगायतका निकायहरुमा मन्त्री तथा नेताहरुले नै भ्रष्ट कर्मचारीलाई टिपेर लैजाने र इमान्दारलाई रेटिने रोगले निजामती प्रशासन खिइदै गएको टिप्पणी गरेका छन् ।
इकर्मचारी डटकमले राखेको जिज्ञासामा उनले उल्टै प्रश्न गरे,इमान्दार कर्मचारीलाई राजनीतिक नेता र मन्त्रीहरुले छानेर मालदार मानिने मालपोत कार्यालय,डिल्लीबजार,एयरपोर्ट,भन्सार जस्ता ठाउँमा लगेको देख्नुभएको छ ?
Advertisement 1
ती निकायमा इमान्दारलाई फालिन्छ र भ्रष्टलाई टिपेर लगिन्छ । यदी इमान्दार कर्मचारी त्यहाँ पुगे भने पनि अनवाश्यक टर्चर र दबाब दिएर टिक्न नदिइने रोग निजामतीभित्र बढ्दै गएकोमा समेत उनले चिन्ता प्रकट गरे । नेताहरु नै भ्रष्ट कर्मचारीलाई काखी च्याप्छन् ।
भ्रष्ट कर्मचारीको माथिसम्मै सेटिङ र सम्बन्ध हुन्छ । एकाध र अपवाद बाहेक चिने,जानेका र सहयोग गर्ने व्यक्तिलाई नै मालदार कार्यालयमा पु¥याइन्छ । आफूलाई मालदार ठाउँमा पठाउने नेता र मन्त्रीको हितमा हो उसले काम गर्ने । उ त्यहाँ हुँदा सत्तामा बस्ने,नेतालाई लाभ हुने हो । सुधार गर्नुपर्दछ,जनमुखी काम गर्नुपर्दछ भनेर कोही नेता,मन्त्री लाग्दैनन । यसमा कर्मचारी जति दोषी छ, त्यसको कयौं गुणा दोषी छन्,राजनीतिक दल का व्यक्तिहरु । जनताको हितमा काम गर्दछु भनेर कसम खाएर आएका व्यक्तिहरु,जस्को नियन्त्रणमा प्रशासन रहन्छ । मुख्य जिम्मेवारी राजनीतिक व्यक्तिहरुकै हो । उनीहरुले गलत मान्छेलाई नसमाउने,भ्रष्टहरुलाई कारवाही गर्ने,बहिष्कार गर्ने हो भने यस्तो समस्यै आउँदैन । भ्रष्टले फटाई गर्न छाड्ने र इमान्दारले उसै पनि बदमासी नगर्ने हुँदा नेता नै पहिला सुध्रनु पर्ने उनको टिप्पणी छ ।
Advertisement 2
अर्काे प्रंसगमा कर्मचारीको मूल ऐन जारी हुन नसक्नुमा राजनीतिक नेताहरु,वर्तमान प्रधानमन्त्रीहरु मुख्य जिम्मेवार रहेको बताए ।