अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले यो तरिकाबाट पाउनेछन् सरुवाको पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एकै पटक स्थानीय तहमा कार्यरत ७८४ जना कर्मचारीहरुको अन्तरस्थानीय तह कामकाज सरुवा गर्यो । सरुवा भएर पनि पत्र हात नपरे पछि कर्मचारीहरु पत्र कसरी र कहाँबाट हात पर्दछ भन्ने अलमलमा छन् ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यसरी अन्तरस्थानीय तह सरुवा भएका कर्मचारीहरुले अनलाइनबाटै पत्र लिन पाउने व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले अन्तर स्थानीय तह कामकाजमा खटाईएका कर्मचारीको पत्र मन्त्रालको वेव साइटमा mofa.gov.np/saruwa अपलोड गरिएको जनाइएको छ

patra

 

Advertisement 2

मन्त्रालयको उक्त लिंकमा गएर राष्ट्रिय किताबखानामा अद्यावद्यिक भए बमोजिमको आफ्नो विवरण,संकेत नम्बर,मोबाइल नम्बर र जन्म मिति प्रविष्ट गर्ने,पत्र डाउनलोड गर्ने अफसनमा क्लिक गर्ने,आफ्नो पत्र डाउनलोड गर्ने र प्रिन्ट गरिएको पत्र आफू कार्यरत स्थानीय तह र कामकाजमा खटाइएको स्थानीय तहमा समेत बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement 3

सामान्यले  पत्र डाउनलोड गर्दा कुनै समस्या भएमा वा पत्रमा त्रुटि भएमा स्थानीय तह कर्मचारी प्रशासन शाखामा फोन नम्बर ०१–४२००२९९० सम्पर्क राख्‍न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित :२०७९ भाद्र २८, मंगलवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry