लोकसेवा भीडेका भन्सार एजेन्ट बिस्थापित, तस्करका एजेन्ट स्थापित

लोकसेवा भीडेर भन्सार एजेन्टमा नाम निकालेकाहरुलाई बेरोजगार पार्ने र विचौलियाहरुलाई पोस्ने खेलो अहिले बढिरहेको छ । केही अघिमात्र लोकसेवा भीडेर ६६० जनाले भन्सार एजेन्टमा नाम निकालेका थिए । ती भन्सार एजेन्टलाई विभिन्न भन्सार कार्यालयमा खटिएका थिए । तिनै एजेन्टको आइडी भाडामा लिएर विभिन्न भन्सार कार्यालयहरुमा भारतीयहरुले भन्सारमा सहजै प्रवेश पाउन थालेसँगै नेपाली भन्सार एजेन्टहरु विस्थापित हुने स्थिति आएको इकर्मचारीको सम्पर्कमा आएका भन्सार एजेन्टहरुले गुनासो पोखेका छन् । सरकारी कर्मचारीहरुको रवैया र घुसघोरी प्रवृत्तिको कारण नेपाली भन्सार एजेन्टलाई विस्थापित गराउने र भारतीय एजेन्टलाई स्थापित हुँदै गएको ती एजेन्टहरुको भनाई छ ।

Advertisement 1

नयाँ र पूराना गरी नेपालभर ७४२ भन्सार एजेन्ट कार्यरत रहेकामा उतिकै संख्यामा तस्करका एजेन्ट रहेका कारण अहिले नयाँ र नाम निकालेकाहरुले काम पाउन छाडेका हुन । ती तस्करका एजेन्टहरुबाट कापीमा हिसाबै राखेर भन्सार कार्यालयका रकम उठाउने गरेको आरोप लाग्ने गरेको छ। भन्सार एजेन्टको लाईसेन्स भाडामा लिएर तस्करहरुले एजेन्टको कीर्ते हस्ताक्षर गरेर लगेको प्रज्ञापनपत्र भन्सार कर्मचारीले सजिलै रुजु गर्ने र सो बापत कर्मचारीहरुले मासिक रुपमा हप्ता असुली गर्दै आएको इकर्मचारी डटकमका सम्पर्कमा आएका ती एजेन्टहरुले जानकारी गराएका छन् ।

पढे लेखेका युवा जो लोकसेवाबाट भन्सार एजेन्टको परीक्षा उत्र्तीण गरेर नाम निकालेका छन् उनीहरुले भन्सारमा काम गर्न सक्ने अवस्था छैन। तस्करहरुले भन्सार एजेन्ट बनेर भन्सार भित्र प्रवेश पाउनाले नयाँ एजेन्ट खाडी मुलुक जान पर्ने अवस्था स्थिति आएको भन्दै ती एजेन्टहरुको गुनासो छ । भर्खरै संशोधन भएको भन्सार नियमावलीमा भन्सार आफैं भन्सार कार्यालयमा उपस्थित भई काम गर्न पर्ने ब्यबस्था गरेको छ तर भन्सार विभागका कर्मचारीहरुले सो लागू नगरी गैर एजेन्टबाट मासिक रुपमा रकम उठाएर अनियमितता गरि रहेका ती एजेन्टहरुको आरोप छ ।
यसरी भन्सार विभागले भन्सार एजेन्टलाई वाइपास गर्नुको परिणामत तस्करहरुले ब्यापारीसँग भन्सार एजेन्टको काम गर्छौ भन्दै काम लिन थालेपछि भन्सार एजेन्टहरु बेरोजगार हुन पुगेका छन ।
लोकसेवा भीडेर नाम निकालेका एजेन्टहरुले काम नपाउने र बेरोजगार हुने स्थिति आएसँगै नयाँ एजेन्टले तस्करलाई लाइसेन्स बेच्न बाध्य छन।यो परिपाटीले पढेलेखा भन्सार एजेन्टको  हातमा चाहिँ हतगडी लगाउने तर एजेन्टहरु पानीमाथिको ओभनो हुने स्थिति बन्दै गएकोमा उनीहरुले चिन्ता पोखेका छन् ।

Advertisement 2

भन्सारमा कर्मचारीले आफ्नो डायरीमा नै को को तस्करबाट कति रकम आयो भनेर हिसाब राखेर भ्रष्टचार गर्न थालेसँगै भन्सार एजेन्टको करियर नै धरापमा परेको ती एजेन्टहरुको दुखेसो थियो । यसरी लाइसेन्स भएका भन्सार एजेन्टलाई बेरोजगार बनाएर गैर एजेन्ट र तस्करहरु अगाडि सारेर तीबाट उठाइएको रकम माथिसम्म पुग्ने गरेको ती एजेन्टहरुले जनाएका छन् । पछिल्लो समय राजश्व संकलनमा संकुचन आउदैं जानुको कारण मध्ये एक प्रमुख कारण भन्सार कार्यालयहरुमा तस्कर एजेन्टहरुकै बोलबोला बढ्दै जानु प्रमुख कारण हो भनिदैंछ ।

प्रकाशित :२०८० पुष १, आईतवार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry