रिक्त पदको विवरण उपलव्ध गराउन सामान्यको परिपत्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण उपलव्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र देशैभरका जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै रिक्त पदको विवरण पठाउन भनेको हो ।
Advertisement 1
मन्त्रालयका शाखा अधिकृत खिलराज राईद्धारा गरिएको परिपत्रमा निर्वाचन आयोगमा निर्वाचन आयोगले साउन ४ गते गरेको पत्रको आधारमा गत वैशाख ३० को निर्वाचन पश्चात देशैभरका स्थानीय तह,जिल्ला समन्वय समितिमा जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख,नगरपालिकाका मेयर वा उपमेयरका साथैं गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष वा वडाअध्यक्षहरुको पद रिक्त भएको भए सो को विवरण उपलव्ध गराउन परिपत्रमा भनिएको छ ।
‘निर्वाचन आयोगको पत्रानुसार २०७९/०१/३० गतेको स्थानीय तहको निर्वाचन पश्चात विभिन्न कारणले केही जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको पद रिक्त भएको अतः स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा (२) को प्रयोजनका लागि विवरण उपलब्ध गराउन आदेशानुसार अनुरोध छ ।’ परिपत्रमा भनिएको छ ।
rikta-oad