विरेन्द्रको लीला : भत्कियो वनको किल्ला

वन मन्त्री वीरेन्द्र महत्तोले एकै पटक आठ जना सहसचिवहरुको सरुवा गरेका छन् । सिनियर सहसचिवहरुको मान मर्दन हुने गरी जुनियरलाई विभागको हाकिम बनाइएपछि वनका कर्मचारीहरु मन्त्रीसँग फायर भएका हुन ।
Advertisement 1
पूर्व मुख्य सचिव शंकरदास बैरागीको विशेष सेटिगमा वनभन्दा बाहिरका सचिव रेवतिरमण पौडेललाई ल्याइएको वनमा अहिले सहसचिवहरुलाई समेत त्यसै गरी तितर वितर पारिएको छ ।
यस अघि कृषि सेवाका कर्मचारीलाई सचिवका रुपमा ल्याइएसँगै वनका कर्मचारीहरु फायर भएका थिए । मन्त्रालयले निजी क्षेत्रलाई पक्षपोषण हुने गरी सहसचिवको हेरफेर गरिएको कर्मचारीहरुले बताएका छन् ।
वन मन्त्री विरेन्द्र महत्तोले डा रामचन्द्र कँडेल र बद्रीराज ढुंगानालाई मन्त्रालयमा तानेका छन भने वन विभागको महानिर्देशकमा शिव वाग्लेलाई पठाएका छन् । रामचन्द्र रेडमा र बद्री चुरेमा कार्यरत थिए । त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशकमा सिन्धु ढुंगानालाई लगिएको छ ।
हालै बढुवा भएका मोहन काफ्लेको पदस्थापन वन विभागमा गरिएको छ । राष्ट्रपति चुरे कार्यक्रमको सदस्य सचिवमा मेघनाथ काफ्लेलाई पठाइँदा चुरे उत्थानशील आयोजनामा डा महेश्वर ढकाललाई लगिएको छ । ढकाल १० महिना नपुग्दै सरुवामा परेका हुन । यस्तै रेड कार्यान्वयन इकाइमा नवराज पुडासैनी तथा वनस्पति विभागको उपमहानिर्देशकमा मोहनदेव जोशीलाई लगिएको वन मन्त्रालयले जनाएको छ ।