भ्रष्ट अधिकृत सरकारी सेवाबाट बर्खास्त

Advertisement 1
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत बर्खास्तीमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी संकेत नम्बर १३८२२९ भई औषधि व्यवस्था विभागमा फार्मेसी अधिकृतका रुपमा कार्यरत श्यामकुमार अधिकारीलाई भ्रष्टचारको आरोपमा सरकारी सेवाबाट बर्खास्त गरेको जनाएको छ ।
अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको जनाएको छ । उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सूचनामा जनाइएको छ । अधिकारीले ०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थियो।
प्रकाशित :२०७८ आश्विन २१, बिहीबार ११:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%