२ महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौ। चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९.१७ प्रतिशत देखिएको छ।

Advertisement 1

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती २ महिनामा चालुतर्फ ९.६७, पुँजीगततर्फ १.५६ र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत बजेट खर्च भएको हो। यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा रु १ खर्ब ८० अर्ब १७ करोड ४ लाख खर्च भएको छ। चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा हालसम्म रु १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख बराबर खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा रु ६ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा रु ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा रु ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ।

Advertisement 2

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १०.४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ। चालु आवका लागि कूल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म रु १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख असुली भएको हो।

कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशतअर्थात् रु १ खर्ब ५० अर्ब ४० करोड १३ लाख कर असुली भएको छ। त्यस्तै, गैरकरतर्फ रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा ४.६२ प्रतिशतअर्थात् रु ७ अर्ब १३ करोड २१ लाख उठेको छ।

Advertisement 3

त्यस्तै, चालु आर्थिक वर्षका लागि रु ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म २.३८ प्रतिशतअर्थात् रु १ अर्ब २७ करोड ३७ लाख अनुदान उठेको छ।

प्रकाशित :२०८२ आश्विन १, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम