‘ममाथि खतरा छ, मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमाने हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन्। आज पोखरामा पुग्नुभएका ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गर्नुभएको हो । सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।

Advertisement 1


कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफूमाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु भन्नुभएको छ । यद्यपि त्यस्तो हुन दिइने छैन। उहाँले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने कार्यकर्ताहरुलाई सुनाउनुभयो ।
देशको भविष्य र पार्टी तलमाथि पार्न दिन नहुने भन्दै उनले कार्यकर्तालाई प्रतिगामीविरुद्ध नझुक्न आग्रह गर्दै यो तीन वर्षमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको उहाँले दावा गर्नुभएको छ । देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने ओलीको भनाइ छ।

प्रकाशित :२०७७ फाल्गुन १७, सोमबार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry