६ राजदूत सिफारिस, क्यानडामा बाँकी

सरकारले राजदुत रिक्त रहेका सात मध्ये ६ मुलुकका लागि राजदुत नियुक्तिका लागि सिफारिस गरेको छ । पछिल्लो क्याविनेट बैंठकले ६ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
राजदूत रिक्त हुनुभन्दा तीन वा चार महिना अगाडि नै शुरु भइसक्ने यो प्रक्रियामा बल्ल सरकारलाई तातो लागेको हो ।पद रिक्त हुनु तीन महिनाअघि नै नयाँ राजदूत सिफारिश भैसक्नुपर्ने निर्देशिका भए पनि त्यसलाई कुल्चदै बल्ल राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

Advertisement 1

निर्देशिका कार्यान्वयन गर्नुपर्ने मुख्यसचिव शंकरदास बैरागी आफ्नालागि आफैं कार्यविधि बनाएर राष्ट्रिय सुरक्षा सल्लाहकार हुन गएसँगै राजदूत नियुक्ति प्रक्रिया झनै लम्बिन पुगेकोमा क्याविनेटले बल्ल ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ।

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्। यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ। अब क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी छ।

Advertisement 2

सरकारले परराष्ट्र सेवाबाट ६ जना सहसचिवलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रकाशित :२०८० असार ३०, शनिबार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry