श्रीमान-श्रीमती नै उपसचिव :- श्रीमान सीडिओ,श्रीमती सहायक सीडिओ

श्रीमान श्रीमती नै सरकारी सेवामा भएका धेरै जोडी भेटिन्छन् । निजामती सेवामा एउटै पदमा रहेका जोडी विरलै भेटिएलान । त्यस्तैमध्येका जोडी हुन सिद्धराज जोशी र किरण जोशी । दुबै उपसचिव । र संयोग यस्तो परेको छ कि किरण अहिले सहायक सीडिओको जिम्मेवारीमा छिन् भने उनका पति सिद्धराज चाहिँ सीडियोको भूमिकामा ।

Advertisement 1

किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडिओ) बन्न सफल भएसँगै अहिले निजामती वृत्तमा चर्चामा छिन् उनी ।
बैतडीमा जन्मिएकी जोशी सुदूरपश्चिम प्रदेशबाटै खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला भएको कारण मात्र होइन श्रीमान श्रीमती नै उपसचिव र श्रीमान प्रमुख जिल्ला अधिकारी अनि श्रीमती सहायक प्रमुख जिल्ला अधिकारी भएका कारण यो जोडीको चर्चा चुलिएको हो ।

किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा पूरा गरी कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (बीकम) उत्र्तीण गरिन् । जनप्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक किरणले प्राथमिक तहमा शिक्षकमा नाम पनि निकालिन । झण्डै दुई बर्ष अध्यापन पेशा अगालेकी उनी
२०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो । जोशी हालै भएको सीडिओको सरुवामा दार्चुलाको कमाण्डर बनेर पुगेका छन् ।उनै जोशीको साथ सल्लाह र प्रेरणाले निजामती सेवामा होमिएकी हुन किरण ।

Advertisement 2


किरणको निजामती सेवाको पाइला चाहिँ २०६१ साउन १ बाट शुरु भयो । खरिदार पदबाट निजामति सेवामा पाइला टेकेकी उनी बर्ष दिनपछि नै नासु, ५ बर्षपछि शाखा अधिकृत हुँदै ०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा बढूवा भएकी हुन् ।
उनै जोशीलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको सहायक सीडिओमा पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै उपसचिवस्तरको पहिलो साहायक सिडियो बनेर रेकर्ड कायम गरेकी हुन् ।
यसअघि किरण रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् ।
किरणले पतिसँग मिलेर लोक सेवा तयारीसम्बन्धि खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छिन् ।

प्रकाशित :२०७७ फाल्गुन १६, आईतवार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry