ललिता निवास जग्गा प्रकरणमा राष्ट्रपतिको सम्धीविरुद्ध पक्राउ पूर्जी

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलवालालाई जेलमा कोचेर सफलता हात पारेको सरकारले ललिता निवास जग्गा प्रकरणमा हात हालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सरकारी कागजात र प्रमाणहरु केरमेट तथा कीर्ते गरी बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बनाउने प्रकरणमा सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

Advertisement 1

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएकोमा १७८ जना कर्मचारीहरु मात्र छन् । तीमध्ये केही वहालवाला र केही पूर्व प्रशासकसमेत रहेका छन् । यो प्रकरणमा नेपाल सरकारका ५ जना रिटायर्ड सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, युवराज भुषाल, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएकामध्ये पूर्व सचिव तथा अख्तियारका आयुक्त समेत रहेका दीप बस्नेत फरार रहेका छन् ।
यस्तै पक्राउ पूर्जी जारी भएकामध्ये युवराज भुषाल वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी समेत हुन । गुल्मीको साविक बाँझकटेरी गाविसका भुसालले जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त गरेका छन् ।
२०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए।

Advertisement 2

२०५४ सालमा सहसचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करिब एक वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा चार वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा तीन वर्ष महावाणिज्य दूत भई काम गरेका थिए।
२०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरे ।अर्थसचिवबाट सेवा निबृक्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भए।

प्रकाशित :२०८० असार २३, शनिबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry