यी हुन मानव अधिकार आयोगले कारवाही सिफारिस गरेका १२ कर्मचारीहरु (नामसहित)

राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा मानव अधिकार उल्लंघन गर्ने कर्मचारी र सुरक्षाकर्मीहरूको नाम सार्वजनिक भएको छ।
आयोगले मानव अधिकार उल्लंघन गर्ने ६६ जनाको नाम प्राप्त भएको र सोमध्ये ६ जनालाई कारवाहीको जानकारी प्राप्त भएको जनाएको छ ।

Advertisement 1

आयोगले मानव अधिकार उल्लघन गर्ने ६६ जनालाई कारवाहीका सिफारिस गरिएको छ । जसमा नेपाल प्रहरीका ३२ जना छन् । यस्तै सशस्त्र प्रहरीका सप्रउ प्रकाश ओझालाई कारवाहीको लागि सिफारिस गरिएको छ ।

आयोगले नेपाली सेनाका गुल्मपति कृष्णमुरारी न्यौपाने,युद्धकार्य अधिकृत सुरत रावल,सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापालाई कारवाहीका लागि सिफारिस गरेको छ ।
यस्तै राष्ट्रिय अनुसन्धानतिरका निरीक्षक लिलाधर पौडेल कारवाहीका लागि सिफारिस हुँदा निजामती तर्फका १२ कर्मचारी कारवाहीका लागि सिफारिस भएका छन् । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ओझा,प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौड्याल,हाल कम्पनी रजिष्ट्रार कार्यालयमा पुगेका दीपक कुमार पहाडी,सरोजप्रसाद गुरागाई,रमा आचार्य,शिवप्रसाद नेपाल,सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारीका साथै कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल,बाँके कारागारका प्रमुख देवेन्द्र ्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे,निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्र पौडेल छन् । यस्तै तत्कालीन माओवादीका १० नेतालाई कारवाहीको सिफारिस गरिएको छ ।

Advertisement 2

प्रकाशित :२०८० माघ १६, मंगलवार १८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry