६ लाख खाएपछि अख्तियारको फन्दामा हाकिम साहाप

मालपोत कार्यालय, सिमरा बाराका २ जना कर्मचारी घुस सिहत पक्राउ परेका छन् । मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख ना.सु. मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग छ लाख रुपैयाँ सहित दुवै जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रबक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

Advertisement 1

लेखनदास बद्री प्रसाद बडालले मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख ना.सु.मनोज कुमार खनालका लागि सेवाग्राहीसँग घुसररिसवत रु. ६,००,००० लिई उक्त रकम मनोज कुमार खनाललाई दिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज बद्री प्रसाद बडाललाई बिगो रु छ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रकाशित :२०७७ चैत्र ५, बिहीबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry