ल्याब टेक्नोलोजिष्टको काम,यसरी असुल्थे दाम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement 1

घुस लिएको अभियोग लागेका उनलाई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् । । भट्टराईले प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार घूस लिदैं गर्दा अख्तियारको फन्द्यामा परेका थिए ।
आरोपी भट्टराईलाई बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको छ । आयोगले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले भवन निर्माण सम्पन्नको सिफारिसको नाममा सेवाग्राहीसँग ५० हजार घूस लिएका थिए । उनीविरुद्ध पनि बिगोबमोजिमको कारबाहीको माग गरिएको छ ।

Advertisement 2

त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित :२०८० असार २१, बिहीबार १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry