कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता रिहा

जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छ्न । अघिल्लो हप्ता बुधवार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।
Advertisement 1
अधिवक्ता लामिछानेले आफैँ कागजात पल्टाइ हेर्न थालेको र आफूले मिसिल नहेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ । लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र घुस दिन नमान्दा जथाभाबी बोलेर हातपात गर्न थालेको दाबी गरेका छ्न ।
बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लियो । उनलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले आइतबार १ बजेसम्म कलम बन्द गरे, त्यसको प्रतिवादमा कानुन व्यवसायीले १ बजेपछि बहस नगर्दा कतिपय अदालतमा सुनुवाइ प्रभावित भएको थियो ।
Advertisement 2
नेपाल बार एशोसिएसनले सोमबार बन्द प्रत्यक्षीकरणको निवेदन बाहेकका अरु मुद्दामा बहस नगर्ने घोषणा गरेको छ ।