बिचौलियामुक्त बनाइँदै यातायात,अब सवारीचालक अनुमतिपत्रको भुक्तानी अनलाइनबाटै

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा कर्मचारी र सेवाग्राहीसँग विचौलियाको भेटै नहुने गरी आफूले काम गरिरहेको जनाएका छन् ।
मन्त्रालयमा आज आयोजित सवारी चालक अनुमतिपत्रको अनलाइन भुक्तानीसहित विद्युतीय माध्यमबाट सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन ।

Advertisement 1

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेसँगै सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी शुरुवात भएको छ ।

Advertisement 2

पहिलो चरणमा गण्डकी प्रदेशबाट पूारम्भ भएको यो सेवा महिनादिन भित्रैमा अन्य ६ प्रदेशबाट प्रारम्भ गरिने मन्त्री ज्वालाले जानकारी गराए।

यो सेवा सुरु भएसँगै अब सवारीचालक अनुमति पत्रका लागि राजस्व भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।
अब बायोमेट्रिक,ट्रायल र लिखित परीक्षा दिनका लागि मात्र यातायात कार्यालय धाउनु पर्ने छ । बिस्तारै यी सेवा पनि अनलाइनबाटै गर्ने प्रयास भइरहेको मन्त्री ज्वालाले जानकारी गराए ।

Advertisement 3

नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र लिएका छन् । तीमध्ये दैनिक ६ देखि सात हजार सेवाग्राही नविकरण र वर्ग थपका लागि यातायात ब्यवस्था कार्यालयमा लाइन बस्दै आएको यातायात व्यवस्था विभागको आकँडा छ । यो कार्य प्रारभ्भ भएसँगै चालक अनुमति पत्र र नवीकरणका लागि लाइन बस्नु पर्ने र विचौलियासँगको सास्ती भोग्नुपर्ने व्यवस्था अन्त्य हुने मन्त्रालयले जनाएको छ ।

प्रकाश ज्वाला मन्त्री भएसँगै पाँच पाँच बर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई सुधार गरि हरेक १० वर्षमा लाइसेन्स नवीकरण गरे हुने ब्यवस्था बनाइने तयारी भइरहेको छ ।

प्रकाशित :२०८० असार २०, बुधबार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry