युरिया मल तस्करी गर्दा सशस्त्रको फन्दामा

सशस्त्र प्रहरी बल नेपालले चौरीपैठारी गरेर भारतबाट ल्याइएको लाखौं मूल्यका सामानसहित गाडी पक्राउ गरेको छ ।

Advertisement 1

सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटर कपिलबस्तुले आज कपिलबस्तु शुद्धोधन गाउँपालिका ३ कोठिघाटबाट अबैध रुपमा युरिया मल ३८ बोरा र उक्त सामान लोड गरी लैजाँदै गरेको गाडी पक्राउ गरेको हो ।

चाकरचौडाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रामेश्वर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले युरिया मल ३८ बोरा र गाडी रा.१ च. ११६८ नं. को योद्धा पिकअप गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले करीव ९ लाख ९० हजार ४ सय रुपौंया बराबरको मल र गाडी नियन्त्रण गरेको २८ नं गणले जानकारी दिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० असार २०, बुधबार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry