सुकुम्वासी विष्णु पौडेलले कसरी ठडाए भैसेपाटीमा करोडौंको बंगला ?

नियम अनुसार नेपालका मन्त्रीहरु सपथ खाएको ६० दिनभित्रमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो । तर सानालाई ऐन,ठूलालाई चैन हुने मुलुक न पर्यो नेपाल । ओलीका क्याविनेटमा पछिल्ला पटक मन्त्री बनेका कसैले पनि आफ्ना सम्पत्ति विवरण सार्वजनिक गरिरहेका छैनन् ।
अघिल्लो पटक युवराज खतिवडाको बर्हिगमनपछि मन्त्रिमण्डल बिस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । यो अंकमा हामी तिनै विष्णु पौडेलको चर्चा गर्दैछौं ।
Advertisement 1
राजनीति भन्ने जिनिस नै यस्तै । यही आडमा हिजो हात्तीछाप चप्पल पड्काउदै शहर छिरेका र राजनीतिमा होमिएकाहरु आज अर्बौ सम्पत्तिका मालिक बन्न सफल भएका छन् । यस्ता पात्र र प्रवृत्ति राजनीतिमा धेरै देख्न पाइन्छ । तिनै मध्येका एक हुन नेकपाका महासचिव विष्णु पौडेल । जो बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिए ।बालुवाटारको ‘आठ आना’ सरकारी जग्गा कीर्ते गरी पौडेलले आफ्ना पुत्र नविन पौडेलको नाममा पारिएको छ । सो प्रकरणमा अहिले उनलाई निर्दाेष साबित गरिएको छ ।
Advertisement 2
Advertisement 3
पचासका दशकसम्म सुकुम्वासी भनिएका विष्णु पौडेल एक दशकमा करोडपति र अर्कौ दशकमा अर्बौको सम्पति थुपारिसकेकका छन् । यो सम्पत्तिको स्रोत के हो ?
अरुलाई लाग्ने सम्पत्ति शुद्धिकरणको मुद्धा नेताहरुलाई चाहिँ लाग्ने कि नलाग्ने ? प्रंसग हो ०५२ सालको त्यो समयसम्म पौडेल सुकुम्वासी थिए वा रहेछन् । उनले त्यसबेला सुकुम्वासी आयोगमा आफुले दिएको निवेदन र सो अुनसार सुकुम्बासीका नाममा जग्गा प्राप्ती गरेको विवरण सरकारी निकायमा भेट्न पाइन्छ । सो समयमा उनले सुकुम्वासीका नाममा १८ धुर जमिन प्राप्त गरेका बिवरण उनकै गृहजिल्ला रुपन्देहीको मालपोत कार्यालयमा डढ्टा पल्टाउने हो भने भेटिन्छ । पौडेलले २०५२ साल असोज १९ गते वुटवलको दीपनगगरको कित्ता नम्वर २९ बाट १५ र कित्तानं ६४ बाट ३ गरी १८ धुर जमिन हातपारेका थिए । यो जमिन मूलराजमार्गभन्दा सयमिटरमात्र दूरीमा थियो । अर्थात उनले त्यसबेला राज्यको सुकुम्वासी नागरिक बनेर यो जमिन पाएका देखिन्छ । आज उनी करोडपति बनेका छन् । भैसेपाटीमा मात्र पौडेलको करोडौंको बंगला छ । झट्ट हेर्दा यो कुनै उद्योगी वा व्यापारीको झैं लाग्छ । करोडौं माथिको यो बंगलाले वप्रश्न उठाउँछ केही वर्ष अघिसम्म सुकुम्बासी रहेका पौडेल कसरी छोटो समयमै अर्वौका मालिक बने ? यसको छानबिन हुनुपर्ने कि नपर्ने ? कर्मचारीको मात्र सम्पत्ति खोजविन हुन्छ । भ्रष्टाचारको आरोप लागेर जेल जान्छन । के नेता हुँदा उनीहरुका जतिसुकै अनियमिततामा पनि सात खत माफ हुने हो ?
पौडेलको हैसियत भने सुकुम्वासी हुने थिएन । यतिबेला उनी आफै भनिरहेका छन् –स्याङजामा निकै राम्रो हैसियतको परिवार हो उनको । तर मनचाहिँ सुकुम्वासी भएछ र उनले त्यस्तो जमिन लिए र त्यसमा एकतले घर पनि बनाएका थिए । पछि बेचेको कुरा सार्वजनिक भयो । उनको त्यो घरजग्गा पवित्रा थापा नामगरेकी महिलाले खरिद गरेको कुरा रिपोर्ट सार्वजानिक भइसकेको छ । त्यो जग्गा पनि उनका छोराको नाममा थियो जो यतिबेला चर्चामा आएको बालुवाटारको आठ आनापनि छोराकै नाममा छ।
सम्पत्ति विवरणमा ०६४ देखि
विष्णु पौडेलले ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा बालुवाटारमा छोरा नविनको नाममा ८ आना जग्गा रहेको खुलाएका थिए । त्यसपछि ०६५ मा जलस्रोत मन्त्री, ०६७ मा रक्षामन्त्री र ०७२ मा अर्थमन्त्री हुँदा पनि पौडेलले बालुवाटारको ८ आना जग्गा खुलाएका छन् ।
सम्पत्ति विवरणमा लगातार बालुवाटारको जग्गा विवरण खुलाउँदै आएका पौडेललाई सो जग्गा सरकारबाट भूमाफियाले व्यक्तिको नाममा पारेको थाहा थिएन त ? मन्त्रिपरिषदका महत्वपूर्ण निर्णय हुनुभन्दा अघि प्रस्तावमै पहुँच राख्ने प्रधानमन्त्रीका विश्वासिला नेता पौडेलले बालुवाटारको जग्गा छानविन गर्दा आफ्नो पनि पर्छ भन्ने जानकारी पाएका थिएनन् ? यी प्रश्नहरु यस्ता छन्, जसको उत्तरले धेरै कुरा प्रष्ट पार्छ । पौडेलका छोरा नविनका नाममा बालुवाटारको कित्ता नम्बर ३०९ र ३१५ को ८ आना जग्गा ०६१ पुस २९ मा माधवी सुवेदी र उमाकुमारी ढकालको नामबाट राजिनामा पास भएको देखिन्छ । त्यसबेला बिष्णु पौडेल ०५६ को आमचुनाव हारेका तत्कालीन एमालेका केन्द्रीय कमिटी सदस्य थिए । उनले ०६१ असोजमा नवलपरासीको बर्दघाटस्थित १० कठ्ठा जग्गा बेचेर चार महिनापछि बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्टीकरण दिएका छन् ।