आजदेखि भदौ १५ गतेसम्म मालपोत कार्यालय बन्द

उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू बुधवारदेखि भदौ १५ गतेसम्मका लागि स्थगन गरिएको छ । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय गर्दै अनुसार विभागले सेवा स्थगन गरेको शाखा अधिकृत कृष्णप्रसाद जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।

Advertisement 1

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित गरेको जनाएको हो । सरकारको त्यही निर्देशन अनुसार बढी भिडभाड हुने काठमाडौंका मालपोत कार्यालयले दिने सेवा पनि भदौ १५ गतेसम्मका लागि स्थगित गरिएका छन् ।काठमाडौं उपत्यका बाहिरका हकमा भने प्रदेश सरकार र स्थानीय स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अवलम्बन गर्नेगरी ब्यवस्था मिलाउन भूमिब्यवस्था मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित :२०७७ श्रावण २८, बुधबार ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry