कहाँ पुग्यो कर्मचारीलाई तयारी कक्षा पढाउन बन्देज लगाउनेदेखि शेयर कारोवार गर्न नपाउनेसम्मका बिषय ?

संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल हुँदा धेरै विकृती रोक्ने प्रयास गरे । त्यसमध्ये एक थियो लोकसेवा अध्यापन गराउने कार्य । सचिव,सहसचिवदेखि उपसचिवसम्मका कर्मचारीहरु कार्यालय समयमा समेत विभिन्न प्राइभेट इन्स्च्यिूडहरुमा अध्यापन कार्यमै व्यस्त हुन थालेपछि त्यस्लाई उनले लगाम लगाउन खोजेका थिए । यस्का अलवा खरिदार सुब्बाहरू समेत लेखा परीक्षण गर्ने, सेयर खरिद बिक्री गर्ने काममा व्यस्त हुँदा उनीहरूबाट सम्पादन हुने काममा कमजोर हुँदै आइरहेको देखिए र सुनिए पछि त्यसमा पनि लगाम लगाउने प्रयास गरेका थिए अर्यालले । कर्मचारीहरु कार्यालय समयमा कार्यालयकै काम छोडेर शेयर कारोवारमा सक्रिय हुने गरेको भेटिए पछि त्यसलाई समेत लगाम लगाउने प्रयास गरे । प्रशासन सुधारका हिसाबले एक नारायण अर्याल सामान्यमा हुँदा सुधारका धेरै यत्न गरे पनि ती सफल हुन सकेनन ।
अरु लाइसेन्स नै हातमा लिएर अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम ह्वात्तै बढेको छ ।
एकनारायण सचिव हुँदा उनकै विशेष पहलमा बहावाला निजामती कर्मचारीहरुलाई तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान बन्देज लगाएको थियो । सो निर्णयपछि यसअघि अनुमति लिएर तयारी कक्षा तथा प्रशिक्षणमा संलग्न हुनेहरुलाई समेत बन्देज लाग्नेछ । निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउनका लागि भन्दै यस्तो निर्णय गरिए पनि सो कार्यन्वयन हुन सकेको छैन ।

Advertisement 1

सामान्य प्रशासनले यसरी लाइसेन्स लिने कर्मचारीको संख्या २ हजार बढी रहेको जनाएको छ । सरकारले नै निजामती सेवा ऐनको दफा ४८ मा सरकारको स्वीकृति लिएर कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन र प्रचलित कानुनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्न छुट दिएको छ । सो ऐनअनुसार यसअघि स्वीकृत लिएर व्यापार व्यवसाय सञ्चालन गर्ने कर्मचारीको संख्या झण्डै दुई हजार हाराहारी रहेको छ ।

यस सम्बन्धमा सरकारका कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय सर्तकता केन्द्रले पनि यस विषयमा बेवास्ता गर्दै आइरहेको छ ।

प्रकाशित :२०७९ भाद्र २०, सोमबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry